कस्लाई छैन दु:ख यहाँ , चाहे गरीब या धनी भये
खोजेर इश्वर पायो कस्ले , मन्दिर धाये भेटी चढाये
हुँदो रैछ इश्वर त्यो आफुभित्र , शायद पुज्न जानिएन !
हारेर पनि जित्नेहरु यहाँ , बाजिगर कहलिये
जितेर पनि हार्दैछु आफु , शायद खेल्न जानिएन !
असम्भव छैन केही , गर्नेहरुले रेगिस्थानलाई हरियाली बनाये
गैरिखेतमा समेत धान फलेन आफ्नो , शायद परिश्रम् गर्न जानिएन !
टुटेको माया जोड्न गार्हो , बरु फुटेको काच् जोडिये
गल्ती मेरो भयो या भयो तिम्रो , शायद माया गर्न जानिएन !
बुझ्नेहरु सरोजलाई भन्छन , मनको कुरा धेरै नखोले
नबुझे गजल माफ पाउ , शायद लेख्न जानिएन !
------ ( बिराटनगर - संखुवासभा यात्राको क्रममा )
Comments
Post a Comment