कल्पनाको संसार अहा कती सुन्दर, पुरा हुन्छ जहाँ हरएक रहर
सपनै त हो भनें, एक्छिन निदाएँ एक्छिन बिउंझेर हेरें !
दु:ख गरेर जोड्ने कोइ, हाँसी हाँसी टुक्र्याउँदै छन कोइ
देशै त हो भनें, कतै मधेश कतै पहाड भएर हेरें !
अन्धकार नभैदिये, उज्यालोको के अर्थ छ र
समयै त हो भनें, आधा दिन आधा रात काटेर हेरें !
रोप्दैमा बिरुवा, फुल कहाँ फुल्ने हो र
उदेश्यै त हो भनें, थोरै सोचें थोरै गरेर हेरें !
माया जन्माउछ मनले, जन्माउछ घ्रिणा पनि यसैले
मनै त हो भनें, अलिअली संका अलिअली बिश्वास गेरेर हेरें !
आँखा त दुई सबको , फेरी किन त नजर थरीथरी सरोजको
जिवनै त हो भनें, कैले आफु कैले अरु भएर हेरें !
Comments
Post a Comment