ओइ ! तेरो फ्युचर प्लान के छ ? जब, फर्दर स्टडि,
गलफ्रेन,
बिहे, बिदेश ! के सोचेको छस, यो बारेमा !
यि
यावत प्रश्नहरुको चँगुल शायद तपाईंको अगाडि नि तेर्सिये होलान
! प्लान
त धेरै बनाइयो, तपाईंले नि बनाउनु भो होला
? बिदेशमा
ब्यस्त लाइफ बिताउछु भन्नेहरु स्वदेश मै फुर्सदिला भएका छन ! देश छोड्दिन भन्नेहरु रुपैयाँसँग
डलर,पाउन्ड,रियाल साट्दै छन
! अहिले
बिहे गर्दिन भन्नेहरु घोर्ले छोरो खेलाऊदै छन !
दिनमा यती घण्टा पढ्छु भनेर रुटिन बनाइएन कि
भोलिबाट रक्सी खान्न, बफ छुदै छुन्न भनेर बाचा
गरिएन
कि ! त्यो भोली कहिले आएन ! प्रयास नभएको
भने हैन , तर नहुँदो रैछ ! भोली
प्रतीको
अनभिज्ञता नै जिवनको रमाइलो पक्ष हो ! भोली दिनु पर्ने प्रश्नको उत्तर दिन आज
नहतारिनुस् किनकी तपाईंको उत्तर सँगै तपाईंको भविस्य हराउनेछ, तपाईंको जीवन हराउनेछ
! तपाईंको अगाडि जे छ त्यसैलाइ योजना
बनाउनुस्, त्यही हो जीवनको प्लान !
त्यसैलाइ
अँगाल्नुस् ! जीवन कुनै मौसम हैन फोर्कास्ट गर्नलाई !
जीवन योजना / सेड्युल अनुरुप चल्दैन, कसैको चलेको रैछ भने त्यो केवल संयोग्
मात्र हो !
Comments
Post a Comment