Skip to main content

भनाइ र भोगाइ बिच जीवन !


कहिले घाम कहिले छाया हो रे जिन्दगी ! घामछाया त समय र मौसमको कुरो हो, एउटा गरीबको घरमा रातको  अन्धकारमा घाम लागोस अनी पो भन्नु! कोहिले जीवन एक यात्रा हो पनि भने, माइक्रो बस मोटरबाइक कहिले पैदल् हिंड्नु पर्ने भये पछी यात्रा त नहुने कुरै भएन! फेरी कोइ भन्छन नाटक हो रे जिन्दगी ! साला, नाटक हो कि सिनेमा हो, त्यो त बनाउनेलाई थाहा होला ! खैर यो त सब भन्ने कुराहरु हुन ! जीवनको वास्तविकता त केवल भोग्नेलाई मात्र थाहा होला! धेरै फिलोसोफी छोड्न थाल्यो यस्ले भन्नु होला !

म भन्छु जीवन फगत एक बाध्यता अनी तुलना ( कम्पेरिजन ) बाहेक अरु केही होइन ! यात्रा होस् या नाटक सुरु देखी अन्त्य सम्म बाध्यता अनी तुलना मात्रै!

ल भन्नुस् त रहरले स्कुल पढ्न जाने को को हुनुहुन्छ ! साथी गयो पढ्न अनी तपाईं नि जानु भो, बाध्यता ! तपाईं फेल हुनुभो, उ पास भो ! तपाईंको निरासाको कारण आफु फेल भन्दा नि उ पास भकोमा हुन्छ, कम्पेरिजन! तपाईं मिहिनेत गर्नुहुन्छ आफु माथि पुग्न हो र ? कि अरु भन्दा तल परिने डरले हो, तपाईंलाई थाहाहोला! फलानो बिदेश पुग्सक्यो आफु यतै हल्लि राछु! ढिस्कानोले महिनाको ५० हजार कमाउछ आफु भने जाबो २० हजार ! त्यस्ले हेर्न, २-३ वटी गल्फ्रेन बनाइसक्यो, आफु एउटै बनाउन सकेको हैन! त्यस्ले पि यच डि सकीसक्यो आफु मास्टर्स् नि जोइन गरेको छुइन, जग्गा किनेर घर बनाइसक्यो आफु केही न केही! पाइला पाइला मिनेट मिनेटमा कम्पेरिजन बाहेक केही छैन!

तुलना जरुरी छ तर अरुसँग हैन आँफैसित, हिजोको आफुसित! आफ्ना कमी कम्जोरी कती सुधारिये,आफ्नो कार्यछेत्रमा कती इम्प्रोभ गरे, आदी ! घोडासँग तुलना गर्न खोजेर गधा कहिले घोडा हुन्छ र ! अल्बर्ट आइन्स्टाइन फेरी कोइ दोस्रो ब्यक्ती हुन्छ र ? देवकोटा जन्मिन्छन र अर्को ? अरुजस्तै हुन नखोज्नुस् ,जे बन्नुहुन्छ बेग्लै आफु बन्नुहोस् ! सन्तुस्टी र खुशीको अमोघ सुत्र शायद यही नै हो कि ???

Comments

Popular posts from this blog

एक रात : बर्दीको बास !

दिउँसो करीब ४ बजेको थ्यो , मोबाइल बज्यो ! " हेल्लो ! पर्सी बिहान १० बजेको टिकट कन्फर्म भयो ! हामी काठमाडौंबाट भोली बिहानै हिँड्छौ ! तिमी १० बजे सम्म नारायणघाट जसरी पनि पुग्नुपर्छ !" हुन्छ भनी फोन काँटे तर मेरो तयारी जिरो थ्यो !   अफिसबाट हतार गर्दै घर तिर लागे ! “ ल ममी खाजा बनाइदिनुस् त ! म हिंड्न लागेको” भन्दै लुगा ठीक पार्न थाले ! ल खत्तम , लुगा त ठीक पारीयो तर पछाडि भिर्ने खाल्को झोला नै रैन रछ घरमा ! हतार हतार छिमेकमा आन्टीको घरमा गएर झोला माँगे !  “ कती दिनलाई हो बाबु ?” मैले २ - ३ दिनलाई मात्र हो भनी झुठ बोलेर ल्याएँ ! “ बुवा! पैसा खोजिदिनु भो ?”  “ हेर ! आनन्दले घरमा बस्न छाडेर तँ किन बेक्कारमा दु : ख पाउन जान्छस” ! भनी सम्झाउनु भयो ! बुवा आमाको मन मैले बुझे तर साथीहरुलाई बचन दिइसकेकोले जानु बाहेक अरु बिकल्प थिएन !  " हे बुवा पनि ! उता बाट साथीहरु हिँडि सके! म त जसरी नि जानै पर्छ " भनें!  " ल जे गर्छस गर या...

दोषी समय

आज मानिस सबथोक भएको छ! कल्पनाले भ्याए सम्मको सबै कुरा प्राप्त गरेको छ उस्ले, आफ्नो बनाउन सफल भएको छ उ ! तर बिडम्बना , त्यही मानिसले अर्को मानिसलाई नै आफ्नो बनाउन सकेका छैनन, धेरैले!  कोही हाकिम भएका छन, कोइ नेता, कोइ गुरु, ब्यापारी तर उ भित्रको मानिस चै बाँकी रहेन अब! आफ्नो ओरिजिनालिटी र आफ्नो प्रिस्ठभुमिको अस्तित्वलाई नै ओझेल पार्ने गरी हासिल गरेको उपलब्धीको मुल्य कती ? चार बर्ष पढेर इन्जिनियर भाको छ , पाँच बर्ष पढेर डक्टर , १२-१५ महिनाको तालिमले पाइलट् , ब्यान्कर, टिचर, बैज्ञानीक अनी अरु के के हो ! कुनै डिग्री यस्तो छैन जुन मानिससँग नहोस् ! “जीवन” नामक यस क्याम्पसमा अरबौ विद्यार्थीहरु भर्ना भये, सेकेन्ड सेकेन्डमा हुँदैछन पनि! मानिस भएर मानिस कै डिग्री चै लिन थोरैले सके ! जुनसुकै पदमा पुगौँ, संसारको जुनसुकै कुनामा जावौं, हाम्रो पहिलो परिचय केवल मानिस हैन र ? समय सँगै हिंड्नु पर्छ/ चेन्ज हुनुपर्छ भन्थे सबै तर समयको गती सँगै परिवर्तनहरु स्वत: आउँदा रहेछन, कसैले फोर्स गरेर नहुने रैछ ! आफुलाई परिवर्तनको बाहक भन्छ, मानिस! विकासको पर्यायवाची हो, ‘परिवर्तन’ ! परिवर्तनमुखी ब...

एक फन्को………..

पृथ्वीले सुर्यको एक फन्को फेरी पुरा गरेको छ ! ३६५ (+…) दिन - बिज्ञानको भाषामा यही अवधी नै हो शायद एक बर्ष भनेको! यस्ता असंख्य अवधी ब्यतित गरिसकेको उस्को लागि त्यो नियमित प्रकृया भन्दा अरु नयाँ केही होइन! उस्लाई पुग्नु कहीँ कतै छैन ! घुमेर कहीँ कतै पुगिदैन पनि , पुग्नको लागि हिँड्नु पर्छ, अगाडि बढ्नु पर्छ ! तर पनि आफ्नो जिम्मेवारीबाट बिमुख नभइ निरन्तर परिक्रमा गरिनै रहेको छ, गरिनै रहला पनि! तर उस्को त्यो नियमित परिक्रमासँग हाम्रो समय जोडीएको छ, हाम्रो यात्रा जोडीएको छ, परिवर्तन जोडीएको छ- सारमा भन्नु पर्दा ‘जिन्दगी’ जोडीएको छ! सधैंभरी फर्केर हेरिन्न ! सधैं त अगाडि बढीन्छ , बढ्न खोजिन्छ! साल भरीको अरु समय हामी केवल अगाडि हेर्छौ तर यो क्षण एकपटक फर्केर हेर्नु भनेको पछाडि सर्नु होइन ! यो त केवल हिजोबाट केही सिक्नु हो ! राम्रो कुरालाई निरन्तरता अनी खराबलाई सच्याउने अवसर!  भारी बोक्ने भरिया यात्राको क्रममा कतै अढेस लाग्छ , पसिना पुच्छ अनी थकाई मेटाउँछ ! आफुले छिचोलेको हिँडाइ सम्झेर मुस्कुराउँछ अनी फेरी अगाडि बढ्छ! हामी पनि त्यही क्षणमा छौ ! हिजो बिताएका पलहरुलाई सम्झिँद...