रिसाउनेहरुलाई रिसाउन
देउ
तिमीसँग
फकाउने पारा
हुनुपर्छ !
आन्दोलन
गर्छु भन्दै
हिड्थ्यो
गर्नदेउ
, लगाउनलाई
नयाँ नारा
हुनुपर्छ !
अपराधी हो
यो भनेर
भन्थे
छोडिदेउ, समात्नलाई
कानुनको धारा
हुनुपर्छ !
धेरै भयो उ कुर्सिमा बसेको
बस्नदेउ , उस्लाई
प्रभुको ईशारा हुनुपर्छ !
गणतन्त्र आईसक्यो भन्छन सबै
भन्नदेउ, यो हल्लाको कुरा हुनुपर्छ !
Comments
Post a Comment