बाल्यकाल देखी आजसम्म आईपुग्दा सम्भवत: बहुमत समय कक्षा कोठाभित्र बितेको हुनुपर्छ सबैको (बिशेषत: समकालिन साथीहरु) ! अनी बाँकी समय निन्द्रामा ! तर यहाँ निन्द्राको कुरा गरेर सपनाको उडानमा लैजाने अभिप्राय होइन मेरो ! कुरा हो, निदाउनु भन्दा पहिले तय गरिने कोसौ यात्राको ! त्यही यात्रा मध्ये एउटा हो कक्षा कोठाभित्र हाम्ले तय गरेको लामो तर स्थिर यात्राको ! ४५ मिनेटको एक पिरेड कहिले बित्ला भनेर हतार कस्लाई हुन्नथ्यो र ! झन, एउटै टिचरको २-३ पिरेड लगातार पर्यो भने त त्यो जती पिडा कहिले हुन्नथ्यो ! त्यो प्रसँग सामान्य हो , लामो समय केही कुरा पनि झेल्न अफ्ठेरो हुन्छ, अल्छि लाग्छ- समस्या, पिडा, आदी ! तर धैर्यताको पाठ सिक्ने अवसर थ्यो त्यो , धैर्यताको पहिलो परिक्षा थ्यो शायद ! महसुस चै खोइ, बल्ल गरिदै छ ! टिफिन टाइममा चाउ चाउ खाएर क्लासमा मसाला (हाज्मोला पनि ) नचाट्ने कमै होलान , त्यस्को मजा बेग्लै हुन्थ्यो ! चिज चाहे त्यो मुल्यबान होस् कि मुल्यहिन , सबैको आफ्नै अस्तित्व हुन्छ - फरक समय र स्थानको मात्र हो ! अहिले चाउ चाउको फ्याक्त्री मै लग्दे पनि कस्ले खाल...
Down the journey lane, infinite moments captivate our senses. Most of which flow spontaneously like water flowing in the river, unnoticed and untouched. Only few retained & preserved......