SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित
भएर आउथ्यो !
मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली
पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह, पुरै बिन्दास ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा
गरेकै हुँदैन थियौ, त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा
अहिले सायदै बाँकी होला ? कारण, तपाईंले जीवन बुझ्न खोज्नु भयो, ज्ञान खोज्न थाल्नु, भो सोच्न थाल्नु भो! तर
जीवन बुझेर बिताउन कठिन छ , नबुझेर
बिताउन सहज छ ! जती
बुझ्यो त्यती अस्पस्ट देखिन्छ,
जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो, समयको बार्बादी हो ! किनकि यस्लाई न
कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ!
एस.एल.सि सम्मको
समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो, चौबाटो आउन थाले ! अनी अलमलमा पर्न थालियो ! अलमलिदै हिंड्नु भो होला ! तर अलमल्ल परियो
भनेर हिंड्न छोड्नु भनेको हार स्विकार गर्नु हो, आत्मसमर्पण गर्नु हो !
आफ्नो बिचार र बिबेकले बाटाहरु
पहिल्याउदै यात्रा अगाडि बढाउनु बाहेक अन्य बिकल्प छैन !
सन्दर्भ : एस् .एल. सि. को नतिजा प्रकाशन
The 7 Best Casinos in Washington State
ReplyDeleteWhat Is a Local Casino? — There are nine 동두천 출장마사지 casinos that provide gaming, dining and entertainment at a 속초 출장샵 casino: Golden Nugget. What's the place to stay near me?Is it safe 문경 출장마사지 to 태백 출장마사지 gamble in Washington State? 대전광역 출장안마