बाल्यकाल देखी आजसम्म आईपुग्दा सम्भवत: बहुमत समय कक्षा कोठाभित्र बितेको हुनुपर्छ सबैको (बिशेषत: समकालिन साथीहरु) ! अनी बाँकी समय निन्द्रामा ! तर यहाँ निन्द्राको कुरा गरेर सपनाको उडानमा लैजाने अभिप्राय होइन मेरो ! कुरा हो, निदाउनु भन्दा पहिले तय गरिने कोसौ यात्राको ! त्यही यात्रा मध्ये एउटा हो कक्षा कोठाभित्र हाम्ले तय गरेको लामो तर स्थिर यात्राको !
४५ मिनेटको एक पिरेड कहिले बित्ला भनेर हतार कस्लाई हुन्नथ्यो र ! झन, एउटै टिचरको २-३ पिरेड लगातार पर्यो भने त त्यो जती पिडा कहिले हुन्नथ्यो ! त्यो प्रसँग सामान्य हो , लामो समय केही कुरा पनि झेल्न अफ्ठेरो हुन्छ, अल्छि लाग्छ- समस्या, पिडा, आदी ! तर धैर्यताको पाठ सिक्ने अवसर थ्यो त्यो , धैर्यताको पहिलो परिक्षा थ्यो शायद ! महसुस चै खोइ, बल्ल गरिदै छ !
टिफिन टाइममा चाउ चाउ खाएर क्लासमा मसाला (हाज्मोला पनि ) नचाट्ने कमै होलान , त्यस्को मजा बेग्लै हुन्थ्यो ! चिज चाहे त्यो मुल्यबान होस् कि मुल्यहिन , सबैको आफ्नै अस्तित्व हुन्छ - फरक समय र स्थानको मात्र हो ! अहिले चाउ चाउको फ्याक्त्री मै लग्दे पनि कस्ले खाला र त्यो ? समयले त्यस्को भ्यालु चेन्ज गर्देको छ !
सर समछ्य प्रश्न सोध्न भनेसी जिउमा काँडा उम्रेर आउँथ्यो ! कहिले जेनुइन प्रश्न मनमा जन्मिये पनि साथीभाइहरुको रिएक्सन के होला भन्ने डरले मनमै दबाइयो ! टेन्सन चै साला त्यती बेला हुन्थ्यो जब अर्को साथीले फ्याट्टै त्यही प्रश्न सोधेर स्याबासी पाउँथ्यो ! तर फेरी कहिले काही साथीभाइ माँझ फुइँ देखाउन बिचारै नगरि सोध्दा बिल्ला पनि नभएको होइन ! मनमा लागेका कुरा ब्यक्त नगर्नु आफ्नो प्रगतिको बाधक आँफै बन्नु हो तर त्यसो भन्दैमा आफ्ना कुरा राख्दा डबल थट दिन पनि उत्तिकै जरुरी छ भन्ने स्पस्ट हुन्छ यो प्रसँगले !
यस्ता अनगिन्ती प्रसँगहरु जन्मिएका छन, कक्षा कोठाको पर्खाल भित्र , कती स्मृतिपटमा नहोलान कती भएर पनि यहाँ उल्लेख गरेर साध्ये नहोला ! जे भये पनि यस्ता स-साना घटनाले अप्रत्यछ रुपमा जीवनका भर्च्युजहरु जोडी राखेका हुन्छन ! मात्र महसुस गर्न सक्नु पर्यो !
Comments
Post a Comment