“पाँच मिनेटमा आईपुगिहाले”! धेरैलाई यसरी पर्खाइयो ! आफुलाई नि धेरैले कुराये ! कुराये भनेर कत्तिले वाक्क दिक्क माने, कती रिसाये पनि! पाँच मिनेट क्रमश: १०, १५ हुँदै आधा घण्टा एक घण्टा हुन्छ !
पर्खाइ तन्किदै जान्छ ! झन्झट नमान्नुस् ! पर्खाइको पिडा रिसाएर होइन, भेट भये पछी खुशी सँगै पिडा बिर्सनुस् ! जिन्दगीमा धेरै पर्खाइहरु झेल्नु छ, तपाईं हामीले !
कुर्नु कुराउनु मानव स्वभावको बिशेषता नै हो !
वास्तवमा जीवन नै एक पर्खाइ हो ! रातलाई दिनको पर्खाइ, बर्तमानलाई भविस्यको , भोको पेटलाई खानाको, यात्रालाइ गन्तब्यको पर्खाइ , मिहिनेतलाई सफलताको पर्खाइ !
हरेक सुरुवातलाई अन्त्यको पर्खाइ हुन्छ! त्यो पल आउँछ, अवश्य आउँछ ढिलो चाडो आउँछ ! आफ्नो
उदेश्यमा निरन्तर लागिराख्नुस् !
Comments
Post a Comment