Skip to main content

भेलमा मिसिँदै छौ कि हामी ?

सामान्यत: मानिसको उदेश्य उसको समय र परिस्थितीले निर्धारण गर्छ ! तर बहुमत नेपालीको उदेश्य जन्मिनु भन्दा पहिले नै तय भैसकेको हुन्छ ! एउटा नेपाली जन्मेपछी उस्ले पढ्नु पर्छ, जागिर खानु पर्छ, घर बनाउनु पर्छ बाआमालाई पाल्नु पर्छ ! समाजमा स्थापित यही हो सत्य, यो भन्दा माथि उठ्न सकेको छैन समाज न त हामी नै!

चाहे कतारको गर्मीमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने दाजुभाइ या डाँडाकाँडा घाँस दाउरा मै सिमित ति दिदिबहिनीको दिनचर्या होस् यि कुनै रहर होइनन बाध्यता हुन ! तर वाध्यता के ले निम्त्याउछ, किन हुन्छन वाध्य? त्यही समाजको चलनले, त्यही सत्यले डोरयाउँछ त्यो बाध्यता तिर!

४ बर्ष अघी जब इन्जिनियरिङ्ग शिक्षा सकाएर क्यारियर बनाउने मोडमा थियौं (म लगायत अन्य समकालिन साथीहरु), एउटा सोच थियो भिजन थियो आफुले हासिल गरेको ज्ञान प्रविधी सिर्जन्शिल काम तिर लगाउने , पीडितहरुको साथ बन्ने, परिवर्तनको सम्बाहक बन्ने- समग्रमा बिकासको आधार बन्ने ! त्यो जमात कोही बिदेशमा आफुलाई परीक्षण गर्दैछन अनी कोही देशमा मौका खोज्दै छन ! देश होस् या बिदेश सोच अझै छ दिमागमा, कागजमा तर प्रयोगमा ल्याउन भने अझै कती बर्ष लाग्ने हो या ल्याउन सकिने हो/होइन आँफैलाई सँका लाग्छ आजभोलि!

अइना नभएकालाई नदिको सङ्लो पानी भैदिन मन छ , दुखीका दु:ख किनारा लाइदिन मन छ ! तर डर लाग्छ कहिं  त्यही बाध्यता, त्यही सत्यको भेलमा शायद हामी पनि मिसिँदै छौं  कि ???

Comments

Popular posts from this blog

एक रात : बर्दीको बास !

दिउँसो करीब ४ बजेको थ्यो , मोबाइल बज्यो ! " हेल्लो ! पर्सी बिहान १० बजेको टिकट कन्फर्म भयो ! हामी काठमाडौंबाट भोली बिहानै हिँड्छौ ! तिमी १० बजे सम्म नारायणघाट जसरी पनि पुग्नुपर्छ !" हुन्छ भनी फोन काँटे तर मेरो तयारी जिरो थ्यो !   अफिसबाट हतार गर्दै घर तिर लागे ! “ ल ममी खाजा बनाइदिनुस् त ! म हिंड्न लागेको” भन्दै लुगा ठीक पार्न थाले ! ल खत्तम , लुगा त ठीक पारीयो तर पछाडि भिर्ने खाल्को झोला नै रैन रछ घरमा ! हतार हतार छिमेकमा आन्टीको घरमा गएर झोला माँगे !  “ कती दिनलाई हो बाबु ?” मैले २ - ३ दिनलाई मात्र हो भनी झुठ बोलेर ल्याएँ ! “ बुवा! पैसा खोजिदिनु भो ?”  “ हेर ! आनन्दले घरमा बस्न छाडेर तँ किन बेक्कारमा दु : ख पाउन जान्छस” ! भनी सम्झाउनु भयो ! बुवा आमाको मन मैले बुझे तर साथीहरुलाई बचन दिइसकेकोले जानु बाहेक अरु बिकल्प थिएन !  " हे बुवा पनि ! उता बाट साथीहरु हिँडि सके! म त जसरी नि जानै पर्छ " भनें!  " ल जे गर्छस गर या...

दोषी समय

आज मानिस सबथोक भएको छ! कल्पनाले भ्याए सम्मको सबै कुरा प्राप्त गरेको छ उस्ले, आफ्नो बनाउन सफल भएको छ उ ! तर बिडम्बना , त्यही मानिसले अर्को मानिसलाई नै आफ्नो बनाउन सकेका छैनन, धेरैले!  कोही हाकिम भएका छन, कोइ नेता, कोइ गुरु, ब्यापारी तर उ भित्रको मानिस चै बाँकी रहेन अब! आफ्नो ओरिजिनालिटी र आफ्नो प्रिस्ठभुमिको अस्तित्वलाई नै ओझेल पार्ने गरी हासिल गरेको उपलब्धीको मुल्य कती ? चार बर्ष पढेर इन्जिनियर भाको छ , पाँच बर्ष पढेर डक्टर , १२-१५ महिनाको तालिमले पाइलट् , ब्यान्कर, टिचर, बैज्ञानीक अनी अरु के के हो ! कुनै डिग्री यस्तो छैन जुन मानिससँग नहोस् ! “जीवन” नामक यस क्याम्पसमा अरबौ विद्यार्थीहरु भर्ना भये, सेकेन्ड सेकेन्डमा हुँदैछन पनि! मानिस भएर मानिस कै डिग्री चै लिन थोरैले सके ! जुनसुकै पदमा पुगौँ, संसारको जुनसुकै कुनामा जावौं, हाम्रो पहिलो परिचय केवल मानिस हैन र ? समय सँगै हिंड्नु पर्छ/ चेन्ज हुनुपर्छ भन्थे सबै तर समयको गती सँगै परिवर्तनहरु स्वत: आउँदा रहेछन, कसैले फोर्स गरेर नहुने रैछ ! आफुलाई परिवर्तनको बाहक भन्छ, मानिस! विकासको पर्यायवाची हो, ‘परिवर्तन’ ! परिवर्तनमुखी ब...

एक फन्को………..

पृथ्वीले सुर्यको एक फन्को फेरी पुरा गरेको छ ! ३६५ (+…) दिन - बिज्ञानको भाषामा यही अवधी नै हो शायद एक बर्ष भनेको! यस्ता असंख्य अवधी ब्यतित गरिसकेको उस्को लागि त्यो नियमित प्रकृया भन्दा अरु नयाँ केही होइन! उस्लाई पुग्नु कहीँ कतै छैन ! घुमेर कहीँ कतै पुगिदैन पनि , पुग्नको लागि हिँड्नु पर्छ, अगाडि बढ्नु पर्छ ! तर पनि आफ्नो जिम्मेवारीबाट बिमुख नभइ निरन्तर परिक्रमा गरिनै रहेको छ, गरिनै रहला पनि! तर उस्को त्यो नियमित परिक्रमासँग हाम्रो समय जोडीएको छ, हाम्रो यात्रा जोडीएको छ, परिवर्तन जोडीएको छ- सारमा भन्नु पर्दा ‘जिन्दगी’ जोडीएको छ! सधैंभरी फर्केर हेरिन्न ! सधैं त अगाडि बढीन्छ , बढ्न खोजिन्छ! साल भरीको अरु समय हामी केवल अगाडि हेर्छौ तर यो क्षण एकपटक फर्केर हेर्नु भनेको पछाडि सर्नु होइन ! यो त केवल हिजोबाट केही सिक्नु हो ! राम्रो कुरालाई निरन्तरता अनी खराबलाई सच्याउने अवसर!  भारी बोक्ने भरिया यात्राको क्रममा कतै अढेस लाग्छ , पसिना पुच्छ अनी थकाई मेटाउँछ ! आफुले छिचोलेको हिँडाइ सम्झेर मुस्कुराउँछ अनी फेरी अगाडि बढ्छ! हामी पनि त्यही क्षणमा छौ ! हिजो बिताएका पलहरुलाई सम्झिँद...