हो म मान्छु ! माओवादी आफ्नो नितीमा स्पस्ट छ, आफु के गर्दै छु उस्ले राम्रो सँग
बुझेको छ ! दुरगामी असर जे सुकै होस् , मुलुक जतिसुकै भड्खारामा जाओस ,
चाहे
मान्छे मरुन … उस्लाई
केवल आफु सर्वशक्तीमान हुनुछ, अझ
भनौ प्रचन्डलाई ! जातियता, क्षेत्रियता, धार्मिकताका नारा सम्भवत त्यही सोचबाट
अभिप्रेरित छ- Divide &
Rule ! महिला, जनजाती,
उत्पीडितका अधिकारको कुरा केवल देखाउने दांत मात्र हो ! सिङापुर र स्विजर्ल्यान्ड त हामीले
देखिसक्येउ ! उ आफु
जुन ब्यवस्थाको आडमा माथि पुगेका छ अरु माथि नपुगुन भनेर अब त्यो ब्यवस्था पुरानो
भयो भन्नु कतीको जायद कुरा हो ! त्यसबाट पनि यिनको नियत स्पस्ट
हुन्छ ! त्यस बाहेक अरुको सह-अस्तित्व उस्लाई मन पर्दैन , अहिले सम्मको उस्को गतिबिधी र आचरनले
त्यो पुस्टि भैसकेको छ!
यदी कुनै शक्ती परिवर्तनको नारा लेर आउछ भने त्यस्लाई बिगतका पुराना
भनिएका शक्तीले जस्तै गरी गल्ती दोहोरयाउने छुट हुँदैन ! गल्ती गर्छ भने त्यो र
अरु शक्तीमा केही फरक हुँदैन ! उ
पटक पटक भन्छ संविधान् सभा एमाओबादी कै एजेन्डा हो, संघियता उस्कै एजेन्डा हो ! यो सत प्रतिसत सहि हो, सबैले मान्नै पर्छ ! तर केवल
राजनीतिक अभिस्ट पुरा गर्ने अभिप्रायले ल्याइएका र बैज्ञानीकता र वास्तविकतालाई
आधार नमानी ल्याइएका ति एजेन्डाबाट निस्केको/निस्किने दुस्परिणामको जिम्मेवारी पनि लिन के उ तयार छ ?
काङ्रेस आफ्नो सिद्धान्तमा स्पस्ट छ तर
ब्यवहारमा लागु भने धेरै गर्न बाँकी नै छ ! उ आफ्नो नितिमा क्लियर छैन- सँघियता, गणतन्त्र वास्तवमा वाध्य भएर अङिकार गर्नु परेको हो उस्ले ! किनभने
ति एजेन्डाको भुत नेपालीहरुमा चढिसकेको थ्यो , त्यो भुत उतार्न सक्ने क्षमता भएको मान्छे कोही भएन काङ्रेसमा ! काङ्रेसलाई पनि त्यही बेगले डोर्यायो, पछाडि फर्किने बिकल्प बाँकी थिएन ! तर त्यती हुँदा हुँदै पनि केवल सस्तो क्षेत्रियता, जातियताको नारा दिएर उ आफ्नो स्वार्थ
पुरा गर्न चाहदैन किन भने उस्ले राम्रो सँग बुझेको छ त्यस्ले अन्तत देशलाई त
अधोगती तिर लान्छ लान्छ,
आँफैलाई पनि सखाप पार्न सक्छ भनेर ! लोकतान्त्रिक
पद्दति प्रती आस्था रहेकाले नै उस्ले त्यती भये पनि जिम्मेवारी बोध गरेको छ ! काङ्रेसलाई झुठ बोल्न उस्को नैतिकताले
दिदैन , सत्य बचन् मानिसले
पत्याउन छाडिसके ! अहिलेको वास्तविकता त्यही हो ! मानिसहरु सस्तो र चर्को नारामा
लठ्ठिन थालिसके ! आज
माओवादीले काङ्रेसको आलोचना गरिराखेको छ , वाक स्वतन्त्रता लगायत अन्य लोकतान्त्रिक मुल्य मान्यता काङ्रेसले
अंगिकार् गरेको निती कै कारणले गर्दा हो ! हामी जनता पनि कसैको पक्ष बिपक्षमा
बोल्न पाएका छौ,
गलत कुराको बिरोध गर्न पाएका छौ,
त्यो पनि त्यसै पद्दतिले
गर्दा हो-
त्यो हामीले बिर्सनु हुँदैन ! तर बदलिदो
परिस्थितीमा आफ्नो सिद्धान्त र बिचारलाई जनता कार्यकर्ता सामु बुझाउने र त्यस्लाई
स्थापित गराउन सक्ने नेता कोही देखिएन काङ्रेसमा ! त्यही भएर होला काङ्रेसले आफ्नो
धेरै नेता कार्यकर्ता गुमाउनु परेको ! काङ्रेस भित्रको ब्यक्तिवादी प्रवित्तीलाई नियन्त्रन गर्नसके आगामी
दिन अवस्य सकारात्मक् हुनेछन,
काङ्रेसको लागि र देशको लागि पनि!
एमाले आफुलाई सन्तुलित पार्टि भनेर आफ्नो
सैद्धान्तिक बिचलनलाई ढाक
छोप गर्छ !
उग्रबाम्पन्थी र उग्रदक्षिण पन्थी बिच ब्यालेन्स मेन्टेन गराउछु
भन्दा भन्दै आफु झल्लुपन्थी हुनसक्ने खतरा महसुस गरेको छ छैन ! वास्तवमा न उस्को सिद्धान्त क्लियर छ न
उस्को निती नै ! त्यस्का बावजुद एमाले अझै एउटा महत्वपूर्ण शक्तीका रुपमा रहनुको
मुख्य र एक मात्र कारण उस्का कार्यकर्ताको समर्पण हो ! माधव नेपालले पहिलो सँविधान सभा
निर्वाचनमा आफु लगायत आफ्नो दल पराजित भये पछी नैतीकताका आधारमा राजिनिमा दिनु
राम्रो कदम थियो ! तर फेरी कुन नैतिकताले उनलाई प्रधानमन्त्री पद खान अभिप्रेरित
गर्यो ! यो सबैले बुझेको कुरा हो ! अवसरवादीहरुको जमात यस्को नि मुख्य समस्या हो
! सहि
नेत्रित्वको अभाव उस्लाई पनि खड्किएको छ बर्तमान परिप्रेक्ष्यमा !
मधेसवादी दल आँफैमा एउटा पार्टि नभएर
आफु नेता बन्न अरु दल छोडेर आएकाहरुको जमात मात्र हो ! त्यसैले यस्को कुनै सिद्धान्त र
निती हुने त कुरै भएन ! पहिले एक मधेस एक प्रदेश अनी अहिले आएर थारु
हरुको साथ लिन दुई प्रदेश भन्दैछन
! मधेसीहरुलाई राज्यले बेवास्ता गर्यो , बिकास दिएन,
अवसर र पहिचान दिएन भन्दैछन !
त्यसो भन्नेहरुले एक चोटि हिमाल पहाडमा गएर हेरे हुन्छ त्यहाको अवस्था कस्तो छ
भनेर! अहिले सम्म जे
जती बिकास भएको छ ति सब तराइ मै भएका छन , बाटो, पुल
, नहर , आदी ! प्रायजसो सबै सरकारी सेवामा मधेसी, जनजाती, आदिवासीलाई कोटा आरक्षण गरेको छ ! अनी कसरी भो तराइ उपेक्षित ! स्वयम गच्छदारको
पार्टिमा हेर्नुस् , अधिकांस
थारु र राज्बन्सीहरु उम्मेद्वार छन , उपेन्द्र यादवको पार्टिमा खाली यादवै यादव छन ! उत्पीडितको कुरा गर्ने अनी तराइका जमिन्दार
हरुको उत्थान गर्ने ! माओवादी
झै मधेसवादी दल पनि क्षणिक् स्वार्थ पुर्ती गर्न सस्तो र उत्तेजक नारा
दिएर जनता तान्ने धुनमा छन ! तर धेरै
मधेसीहरुले तिनका उदेश्य पनि बुझिसकेका छन ! पहिलेको झै जातियतको पक्षमा धेरै
मधेसीहरु छैनन अब ! यस्तो
स्थितीमा आफ्नो स्वार्थ पुरा नहुने देखे भने भोली कता तिर लाग्ने हुन भगवान जानुन!
प्रत्येक चुनाव सँगै नेपाली जनताले
आफुलाई परिवर्तनको पक्षमा उभ्याएका छन ! सिद्धान्त परिवर्तन भये, नेता परिवर्तन भये-
देश जहाँको त्यही ! मुलुकलाई यस्तो सिद्धान्त र यस्तो पद्दति चाहिएको छ जस्ले
सबैलाई समेट्न सकोस ! सँविधान कुनै पार्टिको बन्नु हुँदैन , आम जनताको भावना समेट्ने खाल्को बन्नु
पर्छ, मुलुकको
दुरगामी हित हुने बन्नु
पर्छ!
Comments
Post a Comment