दिउँसो
करीब ४ बजेको
थ्यो, मोबाइल बज्यो
!
" हेल्लो ! पर्सी
बिहान १० बजेको
टिकट कन्फर्म भयो!
हामी काठमाडौंबाट भोली बिहानै
हिँड्छौ! तिमी १०
बजे सम्म नारायणघाट
जसरी पनि पुग्नुपर्छ!"
हुन्छ
भनी फोन काँटे
तर मेरो तयारी
जिरो थ्यो! अफिसबाट हतार गर्दै
घर तिर लागे!
“ल
ममी खाजा बनाइदिनुस्
त! म हिंड्न
लागेको” भन्दै लुगा ठीक
पार्न थाले! ल
खत्तम, लुगा त
ठीक पारीयो तर
पछाडि भिर्ने खाल्को
झोला नै रैन
रछ घरमा! हतार
हतार छिमेकमा आन्टीको
घरमा गएर झोला
माँगे!
“कती
दिनलाई हो बाबु?”
मैले २-३ दिनलाई मात्र हो
भनी झुठ बोलेर ल्याएँ!
“बुवा!
पैसा खोजिदिनु भो?”
“हेर!
आनन्दले घरमा बस्न
छाडेर तँ किन
बेक्कारमा दु:ख
पाउन जान्छस” ! भनी
सम्झाउनु भयो ! बुवा आमाको
मन मैले बुझे
तर साथीहरुलाई बचन
दिइसकेकोले जानु बाहेक
अरु बिकल्प थिएन!
" हे
बुवा पनि ! उता
बाट साथीहरु हिँडि
सके! म त जसरी नि
जानै पर्छ" भनें!
" ल
जे गर्छस गर
यार , मैले के
भन्नु अब " भनी
बुवा झर्किनु भो
!
घरबाट
निस्किँदा करिब ६
बजी सकेको थ्यो!
यसबेला कुन गाडी
जान्छ या गाडी
पाउँछ पाउँदैन! म
पुरै अनभिज्ञ थिएँ!
यसरी अनिस्चितता बिच
सुरु भो मेरो
गन्तब्य रारा!
बस
पार्क पुग्न पाको
छैन एकजनाले: “भाई
पुर्व हो” ? भनेर
सोधे! हैन
भनी अर्को गाडी
तिर लागें!
“दाई
यो गाडी कहाँ
जान्छ?”
“भाई
कता जानु पर्ने
हो?”
“म
नारायणघाट!”
“त्यताको
गाडी छैन यतिबेला! बिरगन्ज
जाने अन्तिम गाडी
हो यो! बिहान ४ बजे सम्म पथलैया पुग्छ!
त्यहाँ पुगेर बिरगन्जबाट आउने गाडीमा नारायणघाट मजाले पुगिन्छ ८-९ बजे तिर!”
अरु
केही बिकल्प थिएन
मेरो! सरासर भित्र
चडें! भित्र यात्रुहरुको
भिड देख्दा लाग्थ्यो
म लामो दुरिमा
चल्ने नभएर काठमाडौं
भित्र चल्ने नेपाल
यातायात चढिराको छु! त्यो
भिड देखेर सोचें,
वास्तवमा दुर्घटनाका दोषी हामी
यात्रु स्वयम पनि हौँ
कि? हतार गरेर
जसरी पनि गन्तब्यमा
पुग्नैपर्छ भन्ने हाम्रो कमजोरिको
भरपुर फाईदा उठाएका
छन यातायात ब्यवसायीले!
हुन त त्यसरी
यात्रा गर्नु रहर मात्र
पनि नहोला सबैको! क्षमता
भन्दा बढी यात्रुहरु
प्यासेजमा ठेल ठाल
पार्दै उभिएका थे!
दुब्लो
पातलो भएको फाईदा
चैँ यस्तै बेला
हुन्छ! जस्तो भिडमा पनि
लुत्त छिर्न सकिन्छ!
मैले काटेको क्याबिनको
एउटा सिटमा एकजना
महिला बस्नु भारैछ!
मनमनै कसरी उठाउनु
बिचरा भनेर दया
भाव जाग्यो! फेरी
अर्को मनले सोचें
त्यत्रो ९-१०
घण्टा आफु उभिनु
पर्छ! अन्त्यमा भो
कथाले मागेको भन्दा
धेर दया प्रदर्शन
नगरुम भन्दै,यो
मेरो सिट हो
भनी उठाएर आफु
बसें! क्याबिनका सिट बाहेक ड्राइभर छेउको
बनोटमा समेत मान्छे अटी नअटी बसेका थे! यात्रा असहज हुनेछ भन्ने थाहा हुँदा हुँदै पनि
गन्तब्य राराले मुर्तता पाउने भो भनेर मन मनै दंग थिएँ! बस पार्कबाट करिब ६:३० बजे
गाडी हिंड्यो! १० मिनेट जती मात्र के हिंड्या थ्यो, गाडी रोक्यो बा! के त भनेर बुझ्दा,
एकजना अग्रिम टिकट् लेका यात्रु छुटेछन! १०-१५ मिनेट त्यही कुर्दा नआएसी पुन: गाडी
बस पार्क तिरै फर्कियो! कुनताको अटेस मटेस गरी बस्नुपर्या, त्यस माथि उल्टो दिशातर्फ
फर्किँदा त तनाव दुगुना भयो! ति छुटेका यात्रुलाई लिएर हामी आफ्नो बाटो लाग्यौँ!
गाडी
आफ्नो गतीमा अघी
बढ्दै छ! मेरो
सिट अघी बसेका ब्यक्तिहरु
(लग्भग मेरै उमेरका)
को कुरा सुन्दा
उनिहरु पनी नेपालगन्ज तिरै हिंडेका
जस्तो लाग्यो!
यात्रामा
साथी हुन्छन भनेर
मैले खुल्दुली मेट्न
सोधे : “तपाईंहरु कता जाने
हो ?”
“म
दाङ अनी वहाँ
चै बिरगन्ज” भनी
उत्तर दिये ति
मध्ये एकले!
“म
पनि नेपालगन्ज हिंडेको! साथी
हुने भैयो यात्रालाई"
“के
कामले बिराटनगर आउनु
भाथ्यो होला?” भनी सोधें!
“बिध्युत
प्राधिकरणमा भ्याकेन्सी थ्यो , त्यसैको
फारम भर्नलाई हो”
!
खुल्दुली
लागेर “अनी दाङ तिरै भर्न
मिल्दैनथ्यो त” ? भनी
फेरी प्रश्न तेर्स्याएँ!
“दाङका
लागि अली कम
सिट छ ,यता
बिराटनगरका लागि धेरै
भएकोले सम्भावना बढी हुन्छ
भनेर हो” !
देशमा
बेरोजगारको समस्या त छ नै! प्रविधिमा
त्यत्रो बिकास भैसक्दा हामी
भने फारम भर्न
देशको एउटा कुनाबाट
अर्को कुना पुग्नैपर्ने
बिडम्बना! अमेरिका पुग्ने डिभी भर्न अन्लाइन ब्यवस्था छ तर आफ्नै देश भित्रै जागिरको
लागि फारम भर्न त्यत्रो दु:ख गर्नु पर्ने , थुक्क हाम्रो गती!
यात्रा
बढ्दै गयो! लहान पुगेर खानाको लागि गाडी रोक्यो ! ओर्लेर पहिला मोबाइल चार्ज गर्ने
पोर्ट खोजेर चार्जर छिराइयो अनी बल्ल खाना अर्डर गरियो! मासु मिठो तर मर्नु गरी पिरो
हाल्या रैछ साहुले!भोली लामो यात्रा गर्नु छ पेट गडबड होला भन्ने डरले जुठो मात्र गरेर
छोड्नु पर्यो मासु ! खाना भ्याएसी मोबाइल झिकेर गाडी भित्र पसियो! गाडी एकसुरले हुइँकिँदै छ, निदाउँदै बिउँझीँदै गर्दै
छु म! बिहानको ३ बजिसकेछ पथलैया पुग्दा! पथलैयामा करिब एक घण्टा पर्खेपछी गाडी आइपुग्यो
र लगभग ८-९ बजे हामी नारायणघाट ओर्लियौँ! काठमाडौंबाट हिंडेका मित्रहरु आइपुग्न अझै
२-३ घण्टा लाग्ने थाहा पाएसी हामी रातभरको असहज यात्राले थकित भएको ज्यान सोझ्याउन
एउटा लजमा पसियो! २ घण्टा जतिको आराम अनी खाना भ्याएसी ज्यानले आनन्द महसुस गर्यो!
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
“हामी
१०-१५ मिनेटमा पुग्छौँ तिमी नारायणी पुलवारी बस्नु” भनी फोनमा गाडीको नाम र नम्बर बताए
आउँदै गरेका मित्रले! नभन्दै एकै छिनमा आइपुगे! सह-चालक सँगै ढोकामा बसेका मित्रले
हामीलाई देखेर गाडी रोक्न लाए! हामी राती आएको बसको तुलनामा यो मेट्रो बस देख्दा त
मनै हररर भयो! अब आरामको यात्रा हुने भो भनेर सोच्दै चढ्न मात्र के लागेको थिएं, २-३
जनाले हामीलाई घेरेर "लु तपाईंहरु यो गाडीमा जान पाउनु हुन्न! नेपालगँज जाने अर्को
गाडी यहाँ छ! यसैमा जानुपर्छ”! सह-चालकले हामीले काठमाडौं बाटै बुकिङ गर्या हो भनी
सम्झाउन खोजे तर ति ब्यक्तिहरु मानेनन! म त अक्क न बक्क भए बा! के हुँदै छ भनेर! यसैबिच गुरुजिले मलाई अर्को गाडी चढेर पारी जान
सुझाए! म र ति यात्रामा भेटिएका
मित्र अर्को गाडी चढेर पारी पुग्यौँ! अनी जसोतसो उम्किएर त्यही मेट्रोमा चढियो! पछी
बुझ्दा सिन्डिकेट कि के जाती भन्थे यस्तै हो भन्ने लाग्यो! आरामदायी सिट, एसी, भिडियो, वाइफाइ, मोबाइल चार्जर
भएसी अरु के चाहियो र म जस्ता अहिलेका युवालाई! वास्तवमा देश भनेको अझै पनि काठमाडौं
मै छ जस्तो लाग्छ! त्यहाँ जाने यात्रुको चाप अत्याधिक छ! त्यही भएर होला देशका कुनै
पनि कुनाबाट राजधानी छिर्ने गाडीहरु अन्य रुटको तुलनामा सुविधा सम्पन्न छन!
आखिर ब्यवसायी भनेकै “जता मल्कु त्यतै
ढल्कु” त हो नि! यही भएर पनि समानुपातिक बिकास नभएको होला देशमा!
पढाईका
लागि दुई बर्ष अघी अमेरिका पुगे देखी पहिलो पल्ट नेपाल आएका मित्र कै तिब्र इच्छाले
नै सम्भव भएको थ्यो हाम्रो यात्रा! यात्रामा मैले अमेरिका र उनले नेपालमा हालको सम्भावना
बारे आ-आफ्ना खुल्दुली मेट्ने प्रयास गर्यौँ! यो दौरानमा चालकले २ पटक रोकिसकेका थिए
पाँच मिनेट गर्नलाई! बिहान खान खाएको नि ४-५ घण्टा बितिसकेको थ्यो! कुनै बजार आउन साथ
अब चै चिया खाजा खानलाई रोक्ला भन्ने आश देखिन्थ्यो प्राय यात्रुमा! नरोकेपछी अत्ती
भएर एक यात्रु सह चालक प्रती कड्किये - "के हो सहायक भाई! पानी ख्वाको छ, गाडी
कुदाको छ, जङलमा ल्याएर सुसु गराएको छ! फेरी कुदाको छ, सुसु गर्न रोक्या छ! यसो चिया
चुरोट खाजा खानु पर्छ, बजारमा रोक्नु!”
अन्तत:
दाङको लमहीमा गाडी रोके, “ल बिस मिनेट भन्दा ढिला नगरनुस् है” भनेर सह-चालकले निर्देश
गरे! बिराटनगरबाट भेटिएका ति मेरा यात्राका साथी त्यही लमहीबाट तुलसिपुरतिर लाग्ने
भये! एक अर्काको फोन नम्बर आदान प्रदान गरियो, “बिराटनगर आएको बेला फोन गर्नुस्, ल
राम्ररी जानुस् है” भनेर बिदा भएँ! त्यहाँबाट
हिँडेको गाडीले बेलुका करीब ७ बजे तिर शम्सेरगन्ज ओराल्द्यो जहाँ हाम्रा मित्र हाम्लाई
कुरेर बस्या थिए! साथीभाइहरु जागिरको सिलसिलामा देशका बिभिन्न कुनामा छरिएर बस्नुको
नि आफ्नै महत्व छ! देशको सेवा त गरेकै छन, सँगै हामी जस्तै आगन्तुकहरुको नि सेवा हुने
कैले काहिँ! हाम्रो रातको बसाइ त्यहिँ भयो!
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
भोली
पल्ट बिहान ८
बजे हामी नेपालगन्ज
एअरपोर्ट तिर लाग्यौँ!
नेपालगन्जबाट मुगूको ताल्चा बिमान्स्थलका
लागि ११ बजे भन्दा
अघी नउड्ने थाहा
पाएसी हामी खाजा खान पुरी जेरी पसल छिर्यौँ!
सामाजिक सन्जालमा आजभोली सबैको उपस्थिती हुनेगर्छ! त्यस्तैमा चिनाजान् हुनु भएका एक
जना डाक्टर साबलाई भेट्न भनी हामी भेरी अञ्चल अस्पातल तिर लाग्यौँ! अस्पातल
पुगेर वहाँ लाई
फोन गरेँ, फोन
उठेन ! पछी “ल
म आइहाले” भनी
आँफै कल गर्नु
भो! बिहान ९
जती बज्या थ्यो
डा. सापले अञ्चल
अस्पातल अगाडि रहेको क्लिनिक
तिरै लानु भो!
त्यस्बेला हामी ४
जना थियौँ, बाँकी
२ मित्र दारी बनाउन हजामकोमा लागे! आ-आफ्ना ब्यवसायिक क्षेत्रका
कुरा हुँदै थ्यो, यत्तिकैमा एक
जना मित्रले “डा
साप शौचालय कता?”
भनी सोधे? डा
सापले, “ल यो
चाबी लिएर जानुस्”
भनी बाटो बताइदिनु भो! “तपाईंहरु पनि हुनुहुन्छ
ट्विटरमा” भनी मेरा
अरु मित्रसँग जिज्ञासा
राख्नु भो! डा
साप पहिले रारा पुग्नु भैसकेकोले हामीले केही आवसयक जानकारी लियौँ! करीब १०
मिनेट पछी शौचालय
गएका मित्र फर्के!
“तिमी नि जाने
हो”? भनी अर्का
एक मित्रलाई सोध्न
थाले, एसो सोचे
जस्तो गरेर हुन्छ
भनी चाबी लिएर
उ पनि लागे!
शायद अघी खाएको
पुरी जेरीको कमाल
हो जस्तो लाग्यो
मलाई! मन मनै
अप्ठेरो लागेर आयो, शौचालय
जानै मात्र पो
आए जस्तो भो
डा सापलाई भेट्न त! बाहिर
बिरामीहरु पर्खिरहेको देखेर हामीले
धेर समय लिनु उचित नहुने ठानी बिदा
मागेर एअरपोर्ट तिर
लाग्यौँ! चार्टर्ड बिमान भएकोले
हामीले करीब दोब्बर
भाडा तिर्न वाध्य
भएका थियौँ! तर रारा जाने
यो सहि बेला
भएकोले टिकट पाउनु
नै ठुलो कुरो
थियो हाम्रो लागि!
करीब
१२ बजे बिमान
ताल्चा बिमान्स्थलका लागि उड्यो!
मेरो सिट छेउमा
एक जना हेर्दै
नेता टाइपका ब्यक्ती
हुनुहुन्थ्यो तर सोध्न
अप्ठेरो लागेर चुप लागेर
बसे! बिमानबाट सुर्खेत,
बबइ नदी ,भेरी
नदीको द्रिस्य मनोरम
देखिन्थ्यो !
अग्ला अग्ला डाँडा
काँडाले गर्दा बिमानले बेला
बेला उचाइँ लिने अनी
फेरी ह्वात्तै झर्ने
गर्थ्यो! एकचोटि चै फ्रिफल
ड्रप अली धेरै
नै भयो, एकछिन
त गैयो भनेर
मुटुले ठाउँ छोडेथ्यो! माथि
बिमानबाट ताल्चा बिमानस्थल देख्दा
त त्यस्तो ठाउँमा कसरी
बिमान ल्यान्ड होला
भनेर मन त्यसै
आत्तियो! तर अन्त्यमा
करीब ४५- ५०
मिनेटको उडान पछी
हामी सकुसल मुगूको
ताल्चा बिमानस्थल अवतरण गर्यौँ!
भगवानलाई मन मनै
धन्यवाद भनेँ!
![]() |
बिमानबाट देखिएको भेरी नदी |
मुगूको ताल्चा बिमानस्थल |
बिमानबाट
यात्रु ओर्लिन नपाउदै एक
हुल मान्छेले बिमान
घेरे! के हो
भनेर बुझ्दा, सामान
बोक्न पाईन्छ कि
भनेर रैछ! कर्णालीको
वास्तविक अनुहार यहीबाट पर्दारोपण भयो!
अघी मेरो छेउमा
बसेका ति नेता
टाइपका ब्यक्ती साँच्चै नेतै
हुनुहुँदो रैछ, मुगू
जिल्लाका निर्वाचित सभासद मोहन
बानिया! ४-५
जना कार्यकर्ताहरुले वहाँलाई
फुलमाला सहित स्वागत
गरेको देखेर त्यहाँ सोध्दा थाहा पाइयो!
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
एअरपोर्टबाट
उकालो लाग्दै हाम्रो
पैदाल यात्रा सुरु
भो! थोरै
समय उकालो लागेपछी
सेनाको चेक पोस्टमा
यात्रुहरुको परिचय इन्ट्री गर्नु
पर्ने रैछ! यात्रामा
कोही यात्रु हराएको
खन्डमा उद्धार कार्य सजिलो
होस् भनेर ठाउँ
ठाउँमा यस्तो ब्यवस्था गरिएको
कुरा एक सेनाले
जानकारी दिए! त्यस्पछी
तेर्सै तेर्सै बाटो अघी
बढीयो! हरियो जङल बिभिन्न
थरिका बनस्पती बोट
बिरुवाहरु त्यसै राम्रो लाग्ने!
भौगोलिक क्षेत्र अनुसार हावापानी
फरक हुने भएकोले
गर्दा यहाँका रुखहरु
पनि भिन्नै देखिन्थे!
अग्ला अग्ला सल्लाका
रुखहरु कतिपय चिसोले आफै
कुहिएर खोक्रो भै झर्ने
रछन!
हिँड्दै गर्दा
समय बितेको पत्तो
भएन! हाम्ले बोकेको
चाउचाउ खान भनी
एउटा फाँट सँगै
खोल्सी भएको ठाउँमा
बिश्रामका लागि बस्यौँ! त्यत्तिकैमा अघीका ति
मान्य सभासद ज्यु
घोडामा चढेर आउनु
भो!
सल्लाका जङल |
“भाईहरु
रारा हिंड्नु भाको?
ल आउनुस्! जुम्ला
- रारा अल्ट्रा म्याराथन छ
आज! तपाईंहरु ठीक
समयमा आउनुभाछ”! मान्य
ज्युले एक किसिमले स्वागत गरेझै
अनुभुती भो!
ति
सभासद सँगैका एक
ब्यक्तिले “ल यो
जुस खानुस्” भनी
हाम्रो मिनिरल वाटरको बतलमा आधा भरिदिनु
भो! हाम्लाई अली अप्ठेरो
लाग्यो!
सभासद ज्यु घोडामा ! |
“यो
मेरो आफ्नै जुस
फेक्ट्रीमा बनेको हो! यही
मुगूमा!" भनेर आस्वस्थ
पार्नु भो ! स्याउ
लगायत अन्य जडिबुटी
मिलाएर बनाइएको त्यो जुस
साँच्चै मिठो
थ्यो! यस्ता उत्पादनको उचित प्रचार प्रसार
र शहर बजार सम्म पहुँच पुर्याउने हो भने कर्णाली क्षेत्रको बिकासमा मद्दत् पुग्थ्यो
होला!
त्यपछी
ओरालो बाटो हामी रारा तर्फ बढ्यौँ र एअरपोर्टबाट हिँडाइ सुरु गरे देखी लग्भग अढाइ घण्टामा
राराको पहिलो द्रिश्य हाम्रो आँखामा ठोक्कियो! राराको एक छेउको त्यो पहिलो झल्को यती
मनोरम थ्यो कि हामी सबै मन्त्रमुक्ध भयौँ! हामीले आफ्नो खुशीलाई बाध्न नसकेर सबै जना
कराउँदै उफ्रियौँ!
राराको पहिलो
द्रिश्यबाट प्रभावित नहुने को होला र? निलो पानीमा हावाले ल्याउने लहर सँगै किनाराका
छालले मनै तरंगित पारीदिन्छ! त्यो देखेर मैले नारायण गोपालको गीत सम्झे "मान्छेको
माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोइ भागने लहरको बानी जस्तो"! साँच्चै स्वर्ग नेपाल मै छ ! स्वर्ग कि अप्सरा रारा , महेन्द्रले खोजेकै रहेछन!
यो वास्तव
मै एउटा दुर्लभ अनुभुती थ्यो हाम्रा लागि र यसले जो कोहीलाई पनि लालयित पार्न सक्छ!
राराको पहिलो द्रिश्य सँगैको खुशी |
राराको किनारामा छाल |
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
हामी
तालको एउटा कुनामा
थियौँ तर बस्ने
होटल अर्को कुनामा!
तालको किनारै किनार
यात्रा होटल तर्फ
अघी बढ्यो! हेर्दा
नजिकै लागे पनि
समय निकै लाग्ने
कुरा हामीलाई अनुमान
थियो! जुम्ला - रारा
म्याराथनका कारण होटलमा आगन्तुकहरुको चापले गर्दा बास
नपाईएला कि भनेर
हामी आसंकित थियौँ!
लगभग ३ घण्टा
लाग्यो हामीलाई तालको एक
छेउबाट होटल भएको
स्थान पुग्न! होटल
भन्दा केही अगाडि
सेनाको ब्यारेक रैछ जहाँ
पुन: यात्रुहरुको परिचय
इन्ट्री गराउनु पर्ने रैछ!
“ कहाँ
बाट आउनु भको
तपाईंहरु”? भनी एक
सेनाले सोधे!
“हामी
काठमाडौंबाट हो!” मैले
जवाफ दिएँ!
“अनी
होटलमा कोठा त
पाइएला नि बस्न
?” मलाई टेन्सन लागेर सोधे!
“खै
होटल त बुक
भैसक्यो भनेर होटलवालाले यहाँबाट भर्खर ४० वटा
स्लिपिङ म्याट लिएर गाका
छन!”
लु
बर्बाद भएछ भन्ने
भो! यात्रामा धेर
फोटो खिच्नाले टाइम
लस भो भनेर एकले
अर्कालाई दोषारोपण गरियो!
“हामी
पनि कर्मचारी हौँ!
ब्यारेक तिर ब्यवस्था
गर्न मिल्दैन?” भनी
एक मित्रले जिज्ञासा
राखे!
“होटलमा
बुझ्नु पहिले! केही भएन
भने मेजर साप
सँग कुरा गरौला”
भनी सान्त्वना दिये
सेनाले!
४-५ घण्टाको
हिँडाइले शारीरिक तनाव त
छँदै थ्यो त्यसमाथि
आज खुला आकाशमा चौरीको बास हुने
भो भनेर मानसिक
तनाव नि थपियो!
होटल पुग्दा बाहिर
चौरिमा ४-५ वटा
टेन्ट राखेको देखेर
आज बाहिरको बास
हुने भो भन्नेमा
कुनै आसंका रहेन! तर हाम्रो
संका बिपरित अचम्म
भयो!
होटल अनी बाहिर राखिएका टेन्ट |
“सरहरु
अन्तिम ग्रुप हो? काठमाडौंबाट
आउनु भको?" भनेर
२-३ जनाले
हामीलाई सोधे!
हो
भनेँ!
“६
जनाको ग्रुप हैन
?” तिनले अझै सोध्न
थाले !
“हजुर
६ जनाको टोली
हो हाम्रो”! भनी
जवाफ दिएँ!
“ल
आउनुस् तपाईंहरुलाई रुम राखिदेको
छौं! अनी भोक
लाग्यो होला, खाने कुराको
पनि सबै तयारी
छ! तातोपानी, चिया,
रक्सी के खानु
हुन्छ? केही कुराको
चिन्ता लिनु पर्दैन,
यता आउनुस्!” भनी
भान्सा तिर लगे!
हामीलाई गरेको यो आदर
सत्कार देखेर तीन छक्क पर्यौँ!
आखिर यो के
हुँदैछ भनेर! भान्सामा छिर्दा ति दिउँसो घोडामा आउनु
हुने सभासद ज्यु हल्का लाउँदै हुनुहुदो रैछ! हामीलाई भने थकान लागेकाले पहिले कोठामा
एकछिन आराम गर्न कोठा देखाइदिन आग्रह गर्यौँ! “ल आउनुस्” भनी कोठा देखाइदिये! चौरीमा
खुला आकाश माथिको बास होला भनेर सोचेको, ओच्छ्यान पाउँदा त सबै दँग परे! होटलवालाहरुलाई
पक्कै मिसअन्डर्स्ट्यान्डिङ भो होला भनेर एक आपसमा कुरा गर्न थालियो! ओच्छ्यानमा के
पल्टेका मात्र थिए १-२ जना मित्र त पुरै घुर्न पो सुरु गरे! केटाहरु खुब थाकेछन भन्ने
लाग्यो!शायद अन्तिम ग्रुप भनेर म्याराथन टोली पो ठाने कि हामीलाई? मनमा अनेक थरी कुरा
खेल्यो! आखिर अन्त्यमा त्यही भयो!
होटलका
एक कर्मचारी आएर "ल! खेलाडी टोलीलाई कोठा पुगेन! तपाईंहरु तल टेन्टमा बसिदिनु
पर्यो!" हामीले केही थाहा नपाए जस्तो गरी एकछिन बसिरहयौँ! “म्याराथनको अन्तिम
टोली अइपुग्यो त्यही भएर तपाईंहरुलाई टेन्टको ब्यवस्था छ! तल हिंड्नुस्!”
“ए
तल जानु पर्ने नै भो?” भनी हामी तल झर्यौँ! टेन्ट भित्र स्लिपिङ म्याट अनी स्लिपिङ
ब्याग रैछ! जे होस् जाडो चै छेलिने भैयो भन्ने लाग्यो! जाडो अनी दिउँस भरिको थकाईले
भात त पेटमा बर्मुडा ट्राइंगलमा जहाज हराये जस्तो गरी हरायो! बन्दाको तरकारी, सिँबीको
दाल अनी चिसो मौसम त्यसै मिठो हुने भयो! भात त गोदेर खाइयो हेर्नुस्! बाहिर टेन्टमा
अरु पनी थिए! केही भने बाहिर आगो तापेर रमाइलो गफगाफ गीत गाउँदै थिए! हामीहरु भुसुक्कै
निदाइएछ!
टेन्ट भित्र स्लिपिङ ब्यागमा गुटुमुटु परेर मित्र निदाये |
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
भोली
पल्ट बिहानै उठेर राराको मनमोहक द्रिश्य क्यामेरामा कैद गर्न भनी टेन्टबाट निस्कियियो!
चिसो मौसम, बिहानी
पखको शान्त बातावरणमा वरिपरिका डाँडाकाँडाको
घुम्टो ओडेर रारा
लजाएर बसेकी बेहुली
झैँ सुन्दर देखिन्थी!
बिस्तारै उदाउँदै गरेको घामको
झुल्कोले त्यो सुन्दरतामा
सुनमा अझ सुगन्ध
थपे जस्तो भो!
बिभिन्न कोणबाट फोटो खिचियो!
जल तथा मौसम बिज्ञान बिभागले केही बर्ष
अघी गरेको अध्ययनको पोस्टर समेत त्यहाँ राखिएको रैछ! जस अनुसार १० वर्ग किलोमिटर क्षेत्रफलमा
फैलिएको यो तालको जलाधार क्षेत्र करिब ३० वर्ग किलोमिटर रहेको छ! म्याक्सिमम गहिराइ
१६० मिटर भये पनि औसत गहिराइ भने १०० मिटर रहेको यो तालमा करिब १० करोड घनमिटर पानी
सन्चित् हुन्छ!
मानविय बस्ती नरहेकाले ताल लगायत वरिपरिको क्षेत्रसफा सुघर नै देखिन्थ्यो!
त्यो एक मात्र होटल यात्रुहरुको सुविधाको
लागि निकुन्जले ठेक्का मार्फत सन्चालन गरेको रैछ! रारा राष्ट्रिय निकुन्जको कार्यालय
होटल सँगै थ्यो! राष्ट्रिय निकुन्ज तथा सेनाहरुको प्रयासले नि यो सम्भव भएको कुरा होटलका
कर्मचारी मार्फत थाहा पाइयो! नेपाल कै सबैभन्दा सानो निकुन्ज रारा राष्ट्रिय निकुन्ज
(१०६ वर्ग किलोमिटर) तथा रारा ताल कै लागि भनेर सेनाको ब्यारेक त्यहाँ स्थापना गरिएको
रहेछ!
होटल परिसर बाहेक अन्य ठाउँमा आगो बाल्न पनि सख्त मनाही रहेछ! तीन दुर्लभ प्रजातिका
असला माछा जस मध्ये एक प्रजाति केवल रारा तालमा मात्रै तथा बाँकी दुई नेपालमा मात्र
पाइने रैछ! अन्तरराष्ट्रिय महत्वको सिमसार क्षेत्रका रुपमा घोषणा हुनुले यस रारा तालको
महत्व राष्ट्रिय रुपमा मात्र नभएर अन्तरराष्ट्रिय रुपमा पनि उत्तिकै रहेको छ! निकुन्ज
कार्यालयमा १० रुपे पर्ने हुलाक टिकट सहित एउटा निबेदन पेश गरेपछी बोटिङ गर्न अनुमती
पत्र दिने नियम रैछ! सोही प्रकृया अनुरुप अनुमती पत्र लिएर ब्यारेकमा बुझाये पछी सेनाले
हामीलाई नि डुंगा सयर गराइदिये! डुंगा सयर गरेर खाना खाइवरी हामी अब जुम्ला तिर लाग्ने
तयारी तिर जुट्यौँ!
बिहानपख रारा |
एक अध्ययनको पोस्टर |
रारा राष्ट्रिय निकुन्जको कार्यालय बाट डुंगा सयरको अनुमती पत्र लिएपछी |
डुंगा सयर गर्ने क्रममा |
म्याराथनको
समापन समारोह चलिरहेको थ्यो! त्यस्कै एक सहभागिलाई हामीले जाने रुटको बारे जानकारी
लियौँ! तिनले दिएको जानकारी अली कन्फ्युजिङ लागेर अर्का एक मित्रलाई सोध्ने निर्णय
गरियो! जुम्लाबाट आएका ति मित्रले दुईवटा बिकल्प रहेको जानकारी दिये! एउटा अप्ठेरो
तर अली छोटो अनी अर्को अली लामो तर सजिलो! उनका अनुसार जुनै बाटोबाट गये पनि आज रातिको
बास चै जुम्लाको भुल्भुले भन्ने ठाउँमा हुने रैछ! हाम्रो हिँडाइको गती अनुसार राराबाट
जुम्लाको यात्रा करिब दुई देखी अढाइ दिन लाग्ने उनले बताये! अप्ठेरो बाटो जाँदा एउटा डाँडाबाट राराको मनोरम
द्रिश्य देखिने भएकोले हामीले त्यही बाटो जाने सोच बनाएर अघी बढ्यौँ! तेर्सै तेर्सो
बाटो करिब डेढ घण्टाको हिँडाइ पछी मिलिचौर भन्ने फाँटमा पुगियो जहाँबाट हामी बसेको
होटल ठ्याक्कै पारी पर्थ्यो!
मिलिचौरमा एउटा wefie लिँदै |
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
त्यहाँबाट
हाम्रो उकालो चढ्ने क्रम सुरु भो! उकालोमा स्वभाविक रुपमै हिँडाइको गती कम हुने नै
भयो! हामीलाई बताइये अनुसार जस्तो सुकै सुस्त हिँडाइले नि करिब ८-९ घण्टामा भुल्भुले
पुगिन्छ! झन म्याराथनका सहभागिले त साँढे पाँच घण्टामै जुम्ला देखी राराको दुरी छिचोलेका
रैछन्! हुन त त्यो गती कायम गर्न हाम्रो लागि त असम्भव नै हो! त्यही पनि हामीमा त्यती
चिन्ता थिएन! समय बितदै गयो! एक पछी अर्को डाँडा छिचोल्दै गइँदै छ! हामी भन्दा पछी
हिँडेका समुह नि हामीलाई उछिनेर अघी बढ्न थाले! त्यही मध्येका एक ग्रुपलाई मैले
"हाम्रो लागि नि होटलमा कोठा र खाना भन्दिनु” भनी अह्राये! तिनले “हुन्छ! म भन्दिन्छु
तर फेरी जसरी नि आउनु नि” भनी रमाइलो रुपमा प्रस्तुत भये! अब हामी भन्दा पछी कुनै टोली
छैन! उकालो लाग्ने क्रममा एक ठाउँको
उकालो अत्ती नै कठिन रैछ, साँघुरो गोरेटो बाटो, दुबै तिर भिर, चिसो हावाले ज्यान पुरै
काँपी रहेको थ्यो! जसो तसो हामी ३ जना चै त्यो उकालो कटाइयो!
हाम्रा तीन जना साथी पछाडि
नै थिए! उनिहरुलाई कुर्न हामी डाँडा मै बस्यौँ! रात परिसकेको थ्यो त्यस्बेला! त्यहाँ
कुर्दा चिसो हावाले मरिन्छ जस्तो भैसक्या थ्यो! करिब आधा घण्टा पछी साथीहरु आइपुगे!
पुरै अन्धकार छ! लाइटको नाममा मोबाइल बाहेक एउटा टर्च, त्यो पनि मेरो जबर्जस्तीले गर्दा
लिएको नेपालगन्जमा! आज आपतमा परिने भो भन्ने चिन्ताले मेरो मन घेरिसकेको थ्यो! बाटो
कता हो भनेर छुट्याउनै सकेनौ! अप्ठेरो बाटो भएकोले त्यो रुट प्रायले फलो नगर्ने भएर
होला बाटो जस्तो छुट्टीने केही सन्केत, चिन्ह भेट्न गाह्रो पर्यो हामीलाई! एउटा बाटो
जस्तो लगेर पछ्याएको त लास्टमा डेड इन्ड रहेछ! अन्त्यमा एउटा ओराले लाग्ने गोरेटो जस्तो
बाटो समातेर तल तिर झर्न थालियो! त्यसै बाटोलाई नछोडी अगाडि बढी रहयौँ! अब त डाँडा
चढ्न नपर्ला भन्यो अर्को डाँडा आउछ! आत्तिएको मनमा झन तनाव थपिने! बाटो सहि हो कि गलत
भनेर छुट्ट्याउन हामीले अरुले खाएर फ्यालेको चाउचाउ, बिस्कुट लगायतका खोल हेर्दै हिंड्दै
थियौँ! अन्धकार त्यसमाथि अप्ठेरो बाटो कती बेला झरिने भो भिर तिर भन्ने पिर मनमा पसेको
थ्यो! डर, चिन्ता, भोको पेटको सुरमा हिँडेको पत्तो नै थिएन! बाटो सहि हो होइन भन्दा
भन्दै हामी जङलको बिचमा पुग्यौं! करिब ९ बजिसकेको थ्यो त्यसबेला! जङलबाट अगाडि बाटो
छ छैन भन्नेमा साथीहरु बिच फरक मत देखियो! कोही भन्न थाले, “यो बाटो नै होइन, खोल्सी
जस्तो हो, अगाडि शायद दलदल होला ! त्यसैले अगाडि नबढौ!” अर्को थरी भन्न थाले, “होइन
जाउँ न! जे पर्ला देखा जाएगा!” अन्त्यमा अली अगाडि सम्म गएर के छ भनेर बुझ्ने निर्णय
भयो! जङलबाट अझै ओरालो झर्दै गयौँ! टर्चको प्रकाश नि मधुरो भैसकेको थ्यो! अगाडि दुईटा
पहाड जोडीये जस्तो ठाउँ देखियो! “ल अब यता बाटो रैनरछ!” त्यही भएर फर्कौँ भनी फेरी
जङल तिरै उकालो लाग्यौँ! १० पनि बजिसकेछ! मन मनै आज मरिने भैयो! बुवा आमाले नजा भन्दा
भन्दै बेक्कारमा किन आएछु भनेर पस्चताप झै हुनथाल्यो! मिलिचौरबाट उकालो लागे देखी हाम्रो
गन्तब्य भुल्भुले नपुगुन्जेल बिचमा बस्ती त परै जाओस पानीको श्रोत समेत केही थिएन!
यो कुराको जानकारी हामीलाई पहिले नै गराइएको थ्यो! भएको ५-६ प्याकेट चाउचाउ, पानी लगायतका
सबै खानेकुरा दिउंसो भरिको यात्रामै सक्किसकेको थ्यो! अब हामी सँग कुनै बिकल्प थिएन
जङल मै बस्नु बाहेक! आएकै बाटो फर्कौँ भने हामी यती ओरालो झरिसकेका थियौँ कि अब फेरी
त्यो उकालो चढ्न अहिलेको हालत सम्भव नै थिएन! अगाडि बढौँ बाटो प्रस्ट छैन! अब जे पर्ला
जङल मै बस्ने सल्लाह भयो! आगो बालेर रात काटौँ भनेर बिचार गरियो तर सलाई लाइटर केही
छैन! हामी ६ जना मध्य चुरोट खाने कोही थिएनौँ! एक जना खाने गर्दा रहेछन तर डेढ बर्ष
जती भएछ छोडेको! डिस्कभरी च्यानलमा आउने ‘म्यन भर्सेस वाइल्ड’ मा ढुङ्गा रगडेर आगो
बालेको देखेर हामीले त्यो कोशीस गर्यौँ तर चिसोले त्यो सफल भएन! फेरी रुइमा काठ घोटेर
नि ट्राइ गरियो, त्यसमा पनि असफल भैयो! अन्त्यमा एउटा रुखको आडमा हामी ६ जना गुटुमुटी
परेर बस्यौँ! भये भरको लुगा शर्ट, ट्राउजर, ज्याकेट, पाइन्ट, मोजा केही बाँकी नराखी
सबै लायौँ! टोपी नभएका साथीले पोलिथिन झोलाले टाउको छोपे! यो देखेर एक जना मित्रले
भने " केटा हो! आज बर्दीको बास भयो !" हुन त जाडो निकै थियो ! त्यती नगरे
चिसोले जम्न बेर छैन! दिउँस भरिको हिँडाइको थकानले होला २ जना मित्र त त्यस्तो ठाउँमा
नि घुरघुर गर्दै निँदाए! दिनभरको हिँडाइ, भोको प्यासा पेट अनी त्यसमाथि म ग्याँस्ट्रिकको
बिरामी, के चाहियो र अरु! म भने भोलीको दिन देख्न पाइने हो होइन भनेर पुरै आशाबिहिन
भैसक्या थिएँ! कि चिसोले लाने भो कि त जङली जनावरले खाने भो भनेर! यत्तिकैमा एउटा मित्र
बोले:
सबैभन्दा कठिन ठानिएको उकालो जहाँ बाट हाम्रो समस्या सुरु भयो |
“ओइ
केटा हो चुप चुप चुप, त्यो सुन्यौँ तिमीहरुले!” त्यसै त अतालिएको मन, झन त्यसमाथि यस्तो
भनेसी त सात्तो उड्ला झैँ भयो! मैले अली पर एउटा कालो जनावर जस्तो के हो आएको देखेँ!
“ए
उताबाट के आउँदै छ!” भनेर के भनेको मात्र थिएँ केटाहरु हिंड्दा बोकेको ट्रेकिङ लौरो
लिएर एलर्ट भए! भरे भन्दा क्यै पनि होइन रहेछ! लामो साँस फेरियो! म आँखा झिमिक गर्या
छुइन डरले! रातको दुई बज्यो! त्यस ठाउँमा अली अप्ठेरो भो भनेर हामी अली माथि चढेर अर्को
रुखको आडमा गैयो! म भने भोली बाँचियो भने कसरी बाटो पहिल्याउने, आएकै बाटो फर्किने
कि, यस्तै यस्तै कुरा मनमा खेलाएर रात बिताउँदै थिएँ! मरियो भने त सिद्धिनै हाल्यो!
समाचारमा आउला फलाना मानिसहरु संपर्क बिहिन, हाम्रो कार्यालयले श्रद्धान्जली कार्यक्रम
राख्ला, यस्तै नकारात्मक सोचले दिमागमा जमेर बस्या थ्यो! दिप श्रेष्ठको गीत याद आयो:
"~~
हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी
रातमा
हुँ
यात्री एउटा कहानी लेख्ने जङली पातमा~~”
यस्तै
यस्तैमा बिहानको ६ बजेछ!
“ल
केटा हो अब बाटो लागौँ! के गर्ने हो डिसिजन गरौं” भनी सबैलाई उठाएँ!
एक
पटक अली माथि पुगेर कुनै बाटो देखिन्छ कि भनेर म र अर्का एक मित्र लाग्यौँ!
त्यहाँ
पुगेर हेर्दा नि भिर बाहेक क्यै देखिएन! निराशाको बिच, जङल कै बाटोमा एउटा मिठाइको
डब्बा भेटियो, हेर्दा भर्खरै खाएर फाल्या जस्तो! यो पक्कै हिजो कै हुनुपर्छ कसैले खाएर
फ्यालेको! जङलबाट माथि उकालो लाग्ने र तल झर्ने अन्य कुनै बैकल्पिक बाटो थिएन भनेसी
यो नै मुख्य बाटो हो भनेर आत्मबिश्वास बढ्यो! जे पर्ला देखा जाएगा भनेर हामी त्यही
बाटो ओरालो लाग्यौँ जुन हिजो राती डरले अघी बढ्न सकिएको थिएन! नभन्दै करीब आधा घण्टा
हिँडे पछी त घोडाहरु चरन गरिरहेका देखियो! मनमा आशाको दिप जल्यो हेर्नुस्! जङलबाट हिँडेको
एक घण्टा जतिमा त मोटर चल्ने बाटो मै अइपुगियो! हामी जुम्ला जिल्ला टेकिसक्या रहेछौँ!
सेनाको चेक पोस्ट रैछ बाटैमा!
“हिजो
राती हराएको ग्रुप तपाईंहरुनै हो?” सेनाले सोधे!
“हो
त! तपाईंलाई कसरी थाहा भयो?” भनी सोधेँ!
“रारा
क्याम्पबाट खबर आएको थियो हामीलाई! ५-६ जना ग्रुपमा भएर नि कसरी हराउनु भो त?” सेनाले
सोधे!
“खै
आउँदा आउँदै राती भयो! अँध्यारोमा बाटो पहिल्याउनै सकिएन, जङल मै बस्नु पर्यो!”
“त्यो
बाटो आउनै नहुने तपाईंहरुले! अनी रात कसरी काट्नु भो? सलाई लाइटर त थ्यो होला नि?”
सेनाले थपे!
“कहाँ
हुनु सलाई! चुरोट खाने कोही थियनौँ! ढुङ्गा घोटेर बाल्न खोजेको, चिसोमा कहाँ बल्नु
र! बिजोग भो राती! धन्न बाँचियो!”
“अनी
यस्तो यात्रामा हिँड्दा सलाई त बोक्नु पर्छ नि! हामी त तपाईंहरुलाई खोज्न अहिले दस
बजे घोडामा जान लाग्या थियौँ! राती पनि डाँडामा फोकस लाइट घुमाका थियौँ! तपाईंहरु जङलको
खोँचमा हुनुहुदो रैछ त्यही भएर थाहा पाउनु भएन होला!” वास्तव मै हामी बिना कुनै तयारी
हिंड्या थियौँ! कुनै स्कुले बालक भन्दा पनि लापरवाह तरिकाले हिँडेका रहेछौ भन्ने लाग्यो!
ट्रेकिङको सामान्य गाइडलाइन् अनुसार सलाई/लाइटर, नुन, पानी, चकलेट, सियो धागो, लगायत केही अत्यावस्यक
सामाग्रीहरु बोक्नु पर्ने रैछ! जब समस्या आइ पर्यो तब मात्र ति सब कुराको महसुस भयो!
जीवनमा पनि हामी कतिपय कुरामा "चलिरहेको छ, चलिहाल्छ नि" भनेर होस् पुर्याउंदैनौँ
तर जब समस्या आइपर्छ त्यसबेला होस् खुल्छ! भाग्यले बाँचियो हामी तर भाग्यले सधैं साथ
दिन्छ भनेर ग्यारेन्टी कसैले लिन सक्दैन! चेक पोस्टमा फेरी परिचय इन्ट्री गरी होटल
तिर हिँडियो!
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
भुल्भुले
पुगी ‘होटल ब्लु रारा’ भन्नेमा खाना अर्डर गरियो! भालेको कती पर्छ भनेर सोधेको २५००
रे! लु भो भनेर अण्डा मै चित्त बुझाईयो! हिजो दिनभर हिँडाइको थकान अनी रातको मानसिक
तनावले आज यही आराम गर्ने सल्लाह भयो! भिरालो पाखामा आलु, बन्दा लगायतको खेती हुने
रैछ! देशमा अहिले संविधान, संघियता जस्ता मुद्दामा बहस भैराख्या समयमा होटलका साहुलाई
मैले सोधे:
“हामीलाई
त बिकास होस्, बाटो घाटो होस्, होटल राम्ररी चलोस, त्यत्ती भए पुग्छ! जाती साती त केही
मत्लब छैन!”
उनको
कुरालाई मनन गर्दा लाग्यो मान्छेले जीवनमा प्रगती चाहन्छ, सम्ब्रिद्धी चाहन्छ, गरी
खाने बातावरण चाहन्छ, सन्तानको भविस्य चाहन्छ चाहे त्यो जुनसुकै पद्दति, जुनासुकै वाद,
सिद्धान्तले देओस! नेताहरुले गरेको झुठ र भ्रमको खेती सधैं चल्दैन! एकदिन त्यस्को अन्त्य
अवस्य हुन्छ!
त्यहाँ
रात काटेर भोलीपल्ट बिहानै जुम्लाको लागि अघी बढीयो! टिपर चल्ने बाटो भए नि पहाडी बाटो
अली जोखिम होला भनेर हिंडेर नै यात्रा अगाडि बढाइयो! बाटोमा ति रारामा हामीलाई यात्राको
रुट बारे जानकारी दिने जुम्लाका मित्र नि भेट भो! हाम्रो हिँडाइको गती सुस्त भएकोले
उनले “तपाईंहरु आउँदै गर्नुस् उतै जुम्लामा भेटौँला” भनी अघी लागे! दिउँस भरको हिँडाइ
पछी करिब ६ बजे जुम्लाको ‘खाली’ भन्ने डाँडामा बास भो! हाम्रा २ जना मित्र चै अगाडि
गैसकेछन डाँफे लेक भन्ने ठाउँमा! हामी
चैँ रात यहीँ बिताएर भोलीपल्ट करिब ४-५ घण्टा हिँडेर जुम्ला पुग्ने कुरा भो! तर भोली
पल्ट बिहान बर्षा र हिमपात भएर होटलबाट निस्किने अवस्था रहेन!
कुरा बुझ्दा त्यो ‘हुदहुद’
भन्ने आँधीको असर रैछ! दिनभर जसो पानी र हिउँ परी रहयो! अन्तत त्यस दिन पनि त्यही बास
भो! भोली पल्ट बिहान करिब ८ बजे त्यहाँबाट बिदा भैयो! ५ घण्टा हिँडे पछी जुम्ला बजार
पुगियो! २ दिन देखी प्लेन क्यान्सिल भकोले गर्दा अघिल्ला दिन कै यात्रु कै चाप थ्यो,
हामीले टिकट पायेनौं! तर एक मनले खुशी नै थियौँ कि जुम्ला घुम्न पाइयो भनेर!
भोलीपल्ट नि टिकट् पाउने छाँट देखिएन! लास्टमा तिनै जुम्लाका मित्रको कोशीसले गर्दा टिकट् पाइयो जुम्ला-सुर्खेतको! उनले गरेको सहयोग अतुलनिय छ! धन्यवादले मात्र पुग्दैन, सहयोगको रिण कहिले तिर्ने हो हामीले?
सुर्खेतबाट शम्शेरगन्जमा एक रात बिताएर भोलीपल्ट सबै आ-आफ्नो
बाटो लाग्यौँ! यसरी करिब ९ दिनको यात्रा टुङियो!
खाली डाँडामा हिउँ |
भोलीपल्ट नि टिकट् पाउने छाँट देखिएन! लास्टमा तिनै जुम्लाका मित्रको कोशीसले गर्दा टिकट् पाइयो जुम्ला-सुर्खेतको! उनले गरेको सहयोग अतुलनिय छ! धन्यवादले मात्र पुग्दैन, सहयोगको रिण कहिले तिर्ने हो हामीले?
मित्र सरोज शाहीलाई मुरी मुरी धन्यवाद |
केही
जोखिम, केही दु:ख, केही रमाइलो, एड्भेन्चर, थ्रिल् ! एउटा यात्रामा सम्भव सबै अनुभव
भयो! यात्रामा जतिसुकै समस्या, जतिसुकै दु:ख पाये पनि यात्रा सकाएर सकुशल घर फर्किनुले
सम्पूर्ण दु:ख बिर्साइदिन्छ ! ति सब दु:ख, समस्या, जोखिम एउटा अवस्मरणिय अनुभव भएर
रहनेछ!
तस्बिरका लागि यता क्लिक गर्नुस्
तस्बिरका लागि यता क्लिक गर्नुस्
Comments
Post a Comment